कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले मंगलबार दिउँसो उनलाई पक्राउ गरेको हो। रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार चौधरीलाई सम्बन्धित कसुरमा पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका अध्यक्ष चौधरीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया