काठमाडौं । नीति अनुसन्धान संस्थान र राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थान (नेशनल इन्स्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजी)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस्तै, आजबाट नै नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको अवसरमा ‘साझा भविष्यतर्फ अघि बढ्ने, नेपाल चीन रणनीतिक सहकार्य साझेदारीको दृष्टिकोण र सम्भावना सम्बन्धी’ सेमिनार पनि आयोजना गरिएको छ ।
सोही क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित सेमिनारको उदघाटन सत्रमा उपस्थित हुन पाउँदा खुशी लागेको बताए ।
उनले भने, ‘नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘साझा भविष्यतर्फ अघि बढ्ने, नेपाल चीन रणनीतिक सहकार्य साझेदारीको दृष्टिकोण र सम्भावना सम्बन्धी’ सेमिनारको उदघाटन सत्रमा उपस्थित हुन पाउँदा खुशी लागेको छ । सुरुमा, नेपालको नीति अनुसन्धान संस्थान र चिनियाँहरू मध्ये एक राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थानलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
यस्तै, उनले चीनले नेपाललाई पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा सहयोग गरेको भन्दै नेपाल र चीनबीच एकदमै लामो आर्थिक सहकार्यको इतिहास पनि रहेको बताए ।
उनले भने, ‘नेपाल–चीनका सम्बन्ध एकदमै राम्रो हुदैँ आएको छ । चीन विश्वासिलो विकास साझेदार हो । हामी पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा चिनले गरेको सहयोगप्रति आभार व्यक्त गर्न चाहान्छौ । नेपाल र चीनबीच एकदमै लामो आर्थिक सहकार्यको इतिहास छ । यस्तै चीनबाट आउने पर्यटकहरुले पनि नेपाल–चीनबीचको सम्बन्धलाई राम्रो बनाउदैँ गएको छ ।’
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा.डा.लेखनाथ शर्माले सेमिनारले दुई देशबीच थप औपचारिक सहकार्यको जग बसालेको भन्दै यसले पारस्परिक हितका क्षेत्रहरूमा संयुक्त अनुसन्धान, प्रकाशन, संवाद, पठन र नीतिगत संक्षिप्त विवरणहरूको तयारीको लागि मार्ग तयार गरेको बताए ।






प्रतिक्रिया