Logo

राजनीति

मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजेका लागि बोलाइयो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नियमितरूपमा सोमबार बस्ने मन्त्रिपरिषद् बैठक यसपटक स्थगित गरिएको थियो।

यसअघि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ताको तयारी गरिएको भए पनि त्यो हुन सकेको थिएन। दुई नेताबीच आज भएको भेटवार्तापछि मन्त्रिपरिषद् बैठक आज बेलुका बस्ने गरी तय गरिएको हो।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  २ : १५ बजे