Logo

मुख्य समाचार

सुशासनका लागि सूचनाको हक आवश्यक : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुशासन स्थापना गर्नको लागि पनि सूचनाको हक आवश्यक भएको बताएका छन् ।

मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले सूचनाको हकले पारदर्शिता स्थापित गर्ने, पारदर्शिताले सुशासनको सुनिश्चितता गर्ने भन्दै सुशासनको लागि पनि सूचनाको हक आवश्यक रहेको बताए ।

उनले भने, ‘सूचनाको हक किन आवश्यक छ भन्दा पारदर्शिताका लागि आवश्यक छ । सूचनाको हकले पारदर्शिता स्थापित गर्छ, पारदर्शिता भएपछि त्यसले सुशासनको सुनिश्चितता गर्छ । यदी पारदर्शिता छैन् भने सुशासन हुदैँन् र पारदर्शिताको लागि सूचनाको हक आवश्यक हुन्छ । त्यसकारण सुशासनको लागि पनि सूचनाको हक आवश्यक छ ।’

यस्तै, उनले लोकतान्त्रिक समाज, पद्धतीमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले नेपालमा पनि व्यवस्था गरेको भन्दै नागरिकलाई सूचना उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए ।

उनले भने, ‘सूचनाको हकलाई हामीले संविधानको मौलिक हकमा राखेका छौ । लोकतान्त्रिक समाज, पद्धतीमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले हामीले पनि व्यवस्थित गरेका छौ । प्रत्येक नागरिकलाई सूचना पाउने हक छ र सूचना सार्वजनिक सरोकारको विषय हो । कुनैपनि सरकारी कार्यालयमा आफ्नो काम छ भने त्यो कहाँ पुगेको छ भन्ने जानकारी लिन पाउनुपर्ने हक पनि प्रत्येक नागरिकलाई छ । नागरिकलाई सूचना पाउने हक भनेको सरकारको दिने दायित्व हो । सरकारले त्यो उपलब्ध गराउनुपर्छ ।’

यसका साथै, उनले सूचनाको हक भन्ने वित्तिकै जे मागे त्यही दिन पर्छ भन्ने पनि हुदैँन् । कतिपय गोप्य राख्नुपर्ने सूचना हुने भन्दै सबै सूचना सार्वजनिक गरेपनि अराजकता पैदा गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ११ : ५९ बजे