Logo

Breaking News 1

सुनचाँदीकाे आज कति छ भाउ ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार पनि सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १० : ५७ बजे