Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची



काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएकाे छ ।

साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ६ : १९ बजे