Logo

समाचार

काठमाडौँमा १०६० ग्राम लागुऔषधसहित दुई जना पक्राउ



काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित क्षेत्रबाट लागूऔषध अफिमजस्तो देखिने १०६० ग्राम कालो वस्तुसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काठमाडौँबाट खटिएको प्रहरी टोलीले आइतवार बिहान १०:०० बजेतिर लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा उक्त स्थानमा छापा मारी दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रोल्पा जिल्ला, सुनिल स्मृति गाउँपालिका–५ काप्राका ४५ वर्षीय रुद्र बहादुर थापा र सोही गाउँपालिका–५ मनगाका ३६ वर्षीय राकेश परियार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूबाट १०६० ग्राम अफिमजस्तो देखिने कालो गिलो वस्तु बरामद गरिएको छ। साथै उनीहरूको साथबाट INFINIX र Redmi ब्रान्डका दुई वटा स्मार्टफोन, एक थान Nokia कीप्याड मोबाइल, एक थान टेप रोल, र कालो लेदरजस्तो देखिने झोला पनि बरामद गरिएको छ।

उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ८ : ४५ बजे