काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो जिल्ला अधिवेशन आगामी असोज मसान्तसम्म सक्ने निर्णय गरेको छ ।
आइतबार राप्रपाको केन्द्रिय कार्यसम्पादनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वनिर्धारित जिल्ला अधिवेशन असोज मसन्तासम्ममा सक्ने निर्णय भएको जानकारी दिए ।
उनले जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा उपत्यका बाहिरका जिल्लाहरु पनि सहभागिता गराउने जानकारी दिएका छन् । उनले कम्तिमा सात दिनका लागि उपत्यका बाहिरका जिल्ला कार्यकर्ताहरुलाई पनि बोलाउने निर्णय भएको बताए ।
उनले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकले पार्टीको पूर्वनिर्धारित जिल्ला अधिवेशन सम्पन्न गर्न अलिहे समय परिमार्जन गरेर असोज मसान्तसम्मको म्याद बनाएका छौँ । असोज मसान्त सम्ममा सबै जिल्ला अधिवेशन सक्ने निर्णय भएको छ,’ उनले अगाडि भने,‘जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुपनि सहभागिता गराउने र कम्तिमा सात दिनकालागि उपत्यका बाहिरका जिल्लाका कार्यकताहरुलाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ । साथै रबिन्द्र मिश्रलगायतका आस्थाका बन्दीहरुको लागि कानुनी सहायता र शुभेक्षा प्रकट गर्ने सबैलाई धन्यवाद दिने साथै मिश्रलाई अदालतमा निशुल्क एवम स्वतस्फूर्त रुपमा बहस गर्न सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय भएको छ ।’
प्रतिक्रिया