Logo

राजनीति

नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नदी किनारका बस्तीहरु बाढीको त्रासमा बाँचिरहेको बताएकी छन् ।

आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले बर्षायाम सुरु हुन लागेको भन्दै उनले सभामुखमार्फत नदी किनारका बस्तीहरु बाढीको त्रासमा रहेको बताएकी हुन् । 

‘बर्खायाम आउँदैछ । हावाहुरीले संकेत दिइसकेको छ । विषेशगरी कर्णाली क्षेत्रका भजनी गाउँपालिका, जोसिपुर नगरपालिका साथै अधिकांश कर्णाली नदी लगायतका अन्य नदी किनारका बस्तीहरु बाढीको त्रासमा बाँचिरहेका छन् । त्यहाँका मानिसहरु अहिले नै आकाश हेरेर डराउन थालेका छन्,’ उनले भनिन् ।

उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  २ : ०९ बजे