Logo

राजनीति

महिला संघ (समाजवादी)को राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा



काठमाडौं । अखिल नेपाल महिला संघ समाजवादीको सातौ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सातांै राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । सम्मेलन यहि जेठ ३ र ४ गतेसम्म चल्नेछ ।

‘समाजवाद निर्माणको आधार तयार गरौं, राज्यको सम्पूर्ण क्षेत्रमा समानुतिक सहभागिता सुनिश्चित गरौं’ भन्ने मुलनाराका साथ उक्त सम्मेलनको सम्पन्न हुन लागेको हो ।

उक्त सम्मेलनमा देशभरबाट ५९८ जना प्रतिनिधिहरूको सहभागिता रहनेछ । सम्मेलनको उदघाटन नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले गर्नेछन् ।

त्यस्तै, सम्मेलनलाई पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भूसाल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

साथै, सम्मेलनको उदघाटन सत्रमा नेपाली कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यत्तित्वहरूलाई सम्मान पनि गरिने छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ५ : ०९ बजे