काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले यादवलाई पाँच लाख सत्तरी हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा भक्तपुरको लोकन्थलीबाट रंगेहात पक्राउ गरेको हो।
आयोगले दिएको जानकारीअनुसार यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा उनीमाथि निगरानी राखिएको थियो। उक्त उजुरीको सत्यता पाइएपछि आयोगको टोलीले जेठ १ गते यादवलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको आयोगले जनाएको छ।










प्रतिक्रिया