Logo

समाचार

काठमाडौंमा माइक्रोबस चोरी, एक जना धादिङबाट पक्राउ



काठमाडौं । काठमाडौंको बनस्थलीस्थित एक वर्कशपको पार्किङबाट चोरी गरिएको इलेक्ट्रोनिक माइक्रोबससहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१६, बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरबाट बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको माइक्रोबस सोमबार बिहान करिब ४:३० बजे चोरी भएको थियो।

चोरीको आरोप स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थलीमा बसोबास गर्दै आएका १९ वर्षीय सुदीप थापामाथि लागेको छ। उनले उक्त सवारीसाधन चलाउँदै धादिङसम्म पुर्‍याएको बताइएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा उनलाई उक्त सवारीसाधनसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

हाल थापालाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइ चोरीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ९ : ०२ बजे