Logo

Breaking News 1

पर्यटन र पारिवारिक भ्रमणका लागि आदर्श गन्तव्य नवलपरासीकाे सिजी धाम (तस्विरहरू)



सिजी मन्दिर अर्थात सिजी धाम एक भव्य धार्मिक तथा आध्यात्मिक स्थल हो, जुन नवलपरासीको दुम्किबासमा अवस्थित छ ।

यहाँ हिन्दू धर्मका महत्वपूर्ण देवदेवता–जस्तै शिव, विष्णु, दुर्गा लगायतका मन्दिरहरू छन् । शिवको १०८ फिट अग्लो मुर्ति यस स्थानको मुख्य आकर्षण हो ।

यो धाममा पुगेपछि शान्त वातावरण, हरियाली, ध्यान केन्द्र र सांस्कृतिक समृद्धिको अनुभव गर्न सकिन्छ । सुरक्षित, सफा र सांस्कृतिक रुपमा समृद्ध वातावरणले यो धामलाई पारिवारिक पिकनिक, भ्रमण तथा धार्मिक यात्राको लागि आदर्श बनाएको छ ।

तस्विरहरू : टार्जन लिम्बु/ नेपाल न्यूज बैंक

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ९ : ३८ बजे