Logo

अर्थ

उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित : प्रवक्ता डा.महत



काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित भएको बताएका छन् । 

मंगलबार आर्थिक रुपान्तरणको मार्गचित्र विषयक कार्यक्रममा बोल्दै उनले देश कृषि प्रधान भएको तर त्यसमा बजेट पनि कम हुने त्यो पनि कार्यान्वयनमा नजाने बताएका हुन् । 

‘विनियोजनको मुख्य कुरा यो बजेटमा आउनुपर्छ र त्यसलाई कडाईका साथ पालना गर्नुपर्छ । उत्पादनमा आधारित कृषि भन्छौ तर उत्पादन देखाउ न कागजी देखाएर हुदैन तीन पटकसम्म घुमाईफिराई त्यही कागजी मात्र त्यो नी बल्ल आयो तर कार्यान्वयनमा जाला न जाला मलाई लाग्छ यो कृषिको क्षेत्रमा लागानी नै छैन कर पनि आउदैन,’ उनले भने । महतले विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाइदिनुपर्ने बताए ।

यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले देशको आर्थिक विकासको लागि आर्थिक नीतिको अहिलेको संरचना परिपार्जन गर्नुपर्ने बताए । उनले यसको लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : ४० बजे