Logo

अर्थ

टाटा मोटर्सको नाफा ५१% घट्यो



काठमाडौं । टाटा मोटर्स लिमिटेडको चौथो त्रैमासिक नाफा ५१.३४ प्रतिशतले घटेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, चालु आर्थिक वर्षको मार्च त्रैमासमा टाटाको कन्सोलिडेटेड खुद नाफा ८,४७० करोड भारतीय रुपैयाँमा झरेको हो। अघिल्लो वर्ष सोही अवधिमा यो नाफा १७,४०७ करोड रुपैयाँ थियो।

ज्यागुवार ल्यान्ड रोभर (JLR) मा देखिएको कम मूल्य र ब्याज लागतको प्रभावले कम्पनीको सञ्चालन नाफा घटाएको टाटाले जनाएको छ। त्रैमासिक EBITDA पनि ४ प्रतिशतले घटेर १,६७,००० करोड रुपैयाँमा पुगेको छ।

यद्यपि, कम्पनीको कुल आम्दानी भने सामान्य रूपमा वृद्धि भई ११,९५००० करोड रुपैयाँ पुगेको छ। अटोमोटिभ व्यवसाय ऋणमुक्त भएको टाटाको दाबी छ, जसले आगामी दिनमा ब्याज खर्च घटाउने अपेक्षा गरिएको छ।

वर्षभरिमा टाटाले ९९,६०० कमर्शियल सवारीसाधन र १,४७,००० युनिट प्यासेन्जर गाडी बिक्री गरेको छ। JLR ब्रान्डबाट मात्रै ७.७ अर्ब पाउन्ड आम्दानी भएको छ।

कम्पनीको बोर्डले सेयरधारकहरूलाई प्रति सेयर ६ रुपैयाँ अन्तिम लाभांश सिफारिस गरेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : ०९ बजे