नवलपुर । गैँडाकोट नगरपालिका–१ स्थित मौलाकाली क्षेत्रमा आइएमई ग्रुपको लगानीमा निर्माण गरिएको इला होटेल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटेल उद्घाटन गरेका हुन्। मौलाकाली केबलकारको माथिल्लो स्टेशन नजिकै अवस्थित सो होटेलमा ६५ कोठा, एक हजार जनाको क्षमता भएको सभा तथा भोज हल, रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिम लगायतका सेवा सुविधाहरू रहेका छन्।
आधुनिक पूर्वाधारयुक्त उक्त होटेलले नारायणी, देवघाट र त्रिवेणी जस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया