Logo

धर्म / संस्कृति

बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन क्षेत्रमा शान्ति र्याली



काठमाडौं । वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन–मंगलबजार क्षेत्रमा शान्ति र्यालीको आयोजना गरिएको छ ।

स्थानीय मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, भाष्कर बर्ण महाविहार, शाक्यसिंह विहार, महिला जागृत वचत समूह, गवर्मविन्थ महाविहार, हःखा ज्ञानमाला भजन खलः, ज्ञानमाला भजन समूहलगायतका संघ संस्थाको संयोजनका र्याली निकालिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले आज अर्थात सोमबारका दिन बौद्ध धर्मावलम्बीले विशेष रुपमा मनाउने गर्दछन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ५ : ४६ बजे