आज मिति २०८२ वैशाख २८ गते, आइतवार, ११ मे २०२५। वैशाख शुक्लपक्ष चतुर्दशी तिथि, १९ः३५ बजेपछि पूर्णिमा। स्वाती नक्षत्र। चन्द्रराशि तुला।
मेष राशि
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
बृष राशि
विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला।
मिथुन राशि
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।
कर्कट राशि
हिस्सेदारसँग असमझदारी बढ्नाले समस्या आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। मिहिनेत र बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ। आजको कामबाट दिगो फाइदा उठाउन सकिनेछ।
सिंह राशि
पहिलेको सफलताले धन आर्जन हुनेछ। तर मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। चिताएको काम स्थगित हुन सक्छ।
कन्या राशि
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
तुला राशि
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।
बृश्चिक राशि
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
धनु राशि
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। चल(अचल धनको उपयोग गर्ने समय छ।
मकर राशि
अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिनेछ।
कुम्भ राशि
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ।
मीन राशि
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्।
प्रतिक्रिया