Logo

विश्व

गाजापट्टीमा इजरायली आक्रमण : मृत्यु हुने प्यालेस्टिनीको संख्या ५२ हजार बढी



एजेन्सी । इजरायल–हमास द्वन्द्वको पछिल्लो चरण सुरु भएदेखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५२,६५३ पुगेको छ ।  १,१८,८९७ जना घाइते भएका छन् ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार, विगत २४ घण्टामा गाजामा इजरायली सैन्य कारबाहीमा ३८ प्यालेस्टिनीको मृत्यु भएको छ र १४५ जना घाइते भएका छन् ।

बुधबारको पछिल्लो रिपोर्ट अनुसार इजरायल रक्षा बलको कारबाहीमा मध्यरातदेखि ९३ जनाको मृत्यु भएको छ ।

मार्च १८ मा इजरायलले गाजामा सैन्य कारबाही पुनः सुरु गरेदेखि प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या २,५४५ पुगेको छ भने ६,८५६ जना घाइते भएका छन्।(सीसीटीभीप्लस)

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  २ : २० बजे