Logo

Breaking News 1

कांग्रेस संसदीय दलको बैठक बस्दै, नीति तथा कार्यक्रम बारे छलफल गरिने



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने भएको छ ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको हो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ८ : ०४ बजे