Logo

Breaking News 1

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै सरकार


१९ बैशाख २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सदनमा प्रस्तुत गर्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संसद्को दुवै सदनको संयुक्त बैठकमा पौडेलले  दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

सभामुख देवराज घिमिरेले २ः४५ सम्म प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेको छन् । 

नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ । 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : ०९ बजे