Logo

खेलकुद

राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आजबाट सुरु 



काठमाडौं । नेपाल हक्की संघले पहिलो पटक आयोजना गरेको राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आजबाट सुरु भएको छ ।

बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा विभागीय टोली नेपाल आर्मी र गण्डकी प्रदेशबीच उद्घाटन खेल भएको हो ।

प्रतियोगिता उद्घाटन समारोहमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले हक्कीका लागि बजेट छुट्याउन आग्रह गरेका छन् । उनले सधै चन्दाबाट प्रतियोगिता आयोजना गर्नुपर्ने भन्दै बजेटका लागि आग्रह गरेका हुन् ।

‘खेलकुद परिषद्का साथिहरुलाई मैले भने यो देशमा हक्की खेल्छन् । खेलाडी छन्, संघ छ बजेट पनि चाहिन्छ त्यसैले गर्दा माया गरेर बजेट छुट्याइदिनुहोला ताकि आगामि दिनमा प्रतियोगिताहरु अझै स्तरीय होस् । चन्दा मागेर जसोतसो गर्नुपरेको छ,’ उनले भने । 

यस्तै, विभागीय टोली नेपाल आर्मीका खेलाडि दिपेन्द्र ऐरले सरकारले सिमित खेलमा मात्र ध्यान दिएको बताए । 

उनले भने, ‘हक्कीमा खासै विकास भएको छैन यसमा केही परिवर्तन भएको छैन । सरकारले सिमित खेलमा मात्र फोकस गरेको छ । पहिले भन्दा अहिले संघको ध्यान चै पुगेको छ । यसमा हामी खुसि चै छौ ।’  आज भएको प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली नेपाल आर्मी विजय भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : १४ बजे