Logo

मुख्य समाचार

नाउपाका संरक्षक अध्यक्ष रेशम चौधरी रिहा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक अध्यक्ष रेशम चौधरी रिहा भएका छन् ।

बुधबार दिउँसो उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको कार्यक्रम तयारी भइरहेको क्रममा अचानक उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेको साढे ४ घण्टापछि उनी रिहा भएका हुन् । सर्वोच्च अदालतबाट पक्राउ गर्न जारी भएको पत्रको आधारमा प्रहरीले उलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ३८ बजे