Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष
अध्ययनका सन्दर्भमा यात्राको अवसर जुट्न सक्छ। इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ। नयाँ काममा हात हाल्ने समय आएको छ।

वृष
प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायतर्फ नयाँ काममा हात हाल्ने समय छ। मानसम्मान प्राप्त हुनुका साथै धन र विद्या आर्जन गर्ने समय छ।

मिथुन
सरसापटमा धन बाहिरिन सक्छ । श्रमको प्रतिफल कमैमात्र प्राप्त हुनेछ। स्थितिमा सुधार आउनाले परिस्थिति अनुकूल बन्नेछ।

कर्कट
अधिक खर्चको समय रहेकाले धेरै रकम जोहो गर्नुपर्ला। प्रयत्न गर्दा विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा पारिवारिक जमघट र खानपानले आनन्द दिलाउनेछ।

सिंह
कीर्तिमानी काम सम्पादन हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो कामको जग बसाउने मौका छ।

कन्या
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। अप्ठ्यारो स्थितिमा गरिएको पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ।

तुला
स्वास्थ्यउपचारमा खर्च हुन सक्छ। अर्थ अभावले सताउनेछ भने आँटेको काम स्थगित हुन सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्।

वृश्चिक
यात्रा गर्ने असवर प्राप्त हुनेछ । परिबन्धले आफ्नो क्षेत्राधिकार केही शंकुचित बन्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ।

धनु
आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य धनलाभ हुनेछ। केही खर्च लागे पनि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ।

मकर
अध्ययनमा प्रगति हुनेछ भने प्रयत्न गर्दा विदेशयात्राको अवसर समेत जुट्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ।

कुम्भ
आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ । शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। अरूले आफ्ना कमजोरी फाइदा उठाउन सक्छन्, सजग रहनुहोला ।

मीन
प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ । शक्तिशाली व्यक्तिहरूको सहयोग जुटाउन सकिनेछ। बिहीवारपछि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ४० बजे