Logo

मुख्य समाचार

शिक्षकहरुका विषयमा सरकार गैरजिम्मेवार बनेकोमा संसदमा विरोध



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरुले विरोध जनाएको छन्  ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरेतापनि नराखिएको भन्दै आपत्ति जनाए ।

सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा कार्यसूचीमा राख्न नसकेको जवाफ पाएको भन्दै सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार भएको बताए ।

उनले भने, शिक्षकहरु लामो समयदेखि सडकमा हुनुहुन्छ । यस्तो शिक्षा जस्तो अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न हामीले प्रस्ताव गरेको थियौं । तर सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा भन्ने जवाफ पायौं । सरकार जनताप्रति र सदनप्रति कति गैरजिम्मेवार छ ।’

त्यस्तै उनले चिकित्सकहरुको समस्या सरकारले समाधान गरेको छ भन्ने कुरा आएको भन्दै त्यस विषयमा रकारले सदनमा आएर जानकारी गराउन पनि माग गरे ।  

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १२ : ०६ बजे