काठमाडौं । यही मे ३, ४, ५(वैशाख २० देखि २२ सम्म )मा काठमाडौंमा हुन गइरहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनको लागि विभिन्न देशहरुबाट डेलिगेट्स(प्रतिनिधि)हरु नेपाल आउने क्रम जारी छ ।
मंगलबार युरोपका विभिन्न देशबाट अन्तर्राष्ट्रिय सम्मेलन एवम एकता महाधिवेशनमा भाग लिने डेलिगेट्सहरु नेपाल आइपुगेका छन् ।
सोही क्रममा एनसीसी इटलीको पूर्वअध्यक्ष छविलाल कंडेलले एकताको महाधिवेशन एनआरएनएमा एउटा नयाँ आयाम प्रदान गर्ने भन्दै एनआरएनएलाई पहिलाको अवस्थामा पु¥याउन पनि भूमिका खेल्ने बताए ।
उनले भने, ‘मे ३, ४, ५ मा हुन गइरहेको गैरआवासीय नेपाली संघको एकता महाधिवेशनमा भाग लिन इटलीबाट यहाँ आएको छु । एकताको महाधिवेशनले एनआरएनमा एउटा नयाँ आयाम प्रदान गर्ने छ । विगतमा जुन विसंगतीहरु थिए, एनआरएनएलाई पहिलाको अवस्थामा पु¥याउन यो अधिवेशनले पक्कै पनि भूमिका खेल्ने छ ।’
त्यस्तै एनआरएनएको नेता आरके शर्माले संस्थालाई एकता र न्यायसम्मत तरिकाले अगाडि बढाउनुपर्ने भन्दै एकता महाधिवेशन कुनै पनि हालतमा रोकिन नहुने बताए ।
उनले भने, ‘एनआरएनएको एकताको महाधिवेशन कानूनी मान्यतालगायत विभिन्न पाटोले गर्दा ढिला भएपनि अहिले छोटो समयमा सम्मेलन सम्पन्न गर्न सदस्यहरु आउनु भएको छ । संस्थालाई एकता र न्यायसम्मत तरिकाले अगाडि बढाउनुपर्छ । अधिवेशन कुनैपनि हालतमा रोकिनु हुदैँन्, समयमा नै हुन्छ ।’
एकता महाधिवेशनमा करिब ३२ सय डेलिकेट्सले सहभागिता जनाउने अनुमान गरिएको छ । तर डा.बन्द्री केसी समूहले भने महाधिवेशन रोक्नुपर्ने माग राख्दै आएको छ ।
प्रतिक्रिया