Logo

अर्थ

सुनको मूल्य बढ्याे, चाँदीको स्थिर



काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँ कायम छ । हिजाे छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलाको एक हजार ९७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ११ : ०४ बजे