Logo

Breaking News 1

आरसिबीको शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो



काठमाडौं । रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ । क्रुनाल पाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन आरसिबीको जितमा निर्णायक रह्यो ।

दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य आरसिबीले १८.३ ओभरमै चार विकेट गुमाएर सहजै पूरा ग¥यो । टिमको जितमा क्रुनाल पाण्डेले अविजित ७३ रनको महत्वपूर्ण योगदान दिए । ४७ बलको आफ्नो पारीमा उनले विराट कोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरेका थिए । कोहलीले पनि ४७ बलमा ५१ रन जोडे । अन्त्यतिर टिम डेभिडले मात्र ५ बलमा १९ रन जोडेर लक्ष्यमा सहजता थपे ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनायो । केएल राहुलले सबैभन्दा बढी ४१ रन बनाउँदा, ट्रिस्टियन स्टब्सले १८ बलमा ३४ रनको आक्रामक पारी खेले । बलिङतर्फ आरसिबीका भुवनेश्वर कुमारले तीन विकेट लिए भने जोस हजेलउडले दुई विकेट निकाले । यो जितसँगै आरसिबीले १० खेलबाट १४ अंक बनाउँदै तालिकाको शिर्ष स्थानमा स्थान बनाएको छ। ९ खेल खेलेको दिल्ली भने १२ अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : ३३ बजे