Logo

समाचार

७ दिनभित्र दर्ता नभए फेसबुक–इन्स्टाग्राम बन्द हुने चेतावनी


१२ बैशाख २०८२, शुक्रबार  

138
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक र इन्स्टाग्रामलाई सात दिनभित्र नेपालमा दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

उनका अनुसार मेटालाई पटक–पटक आग्रह गरिए पनि कम्पनीले नेपाल सरकारको कानुनी प्रक्रियालाई गम्भीरतापूर्वक नलिएको भन्दै अब समयसीमा तोकिएको छ। “दर्ता नभए हामी बाध्य भएर कारबाहीमा जानेछौं,” मन्त्री गुरुङले भने।

सरकारले गलत सूचना, सामाजिक सद्भाव विघटन, र साइबर अपराधको जोखिम बढेको भन्दै सामाजिक सञ्जाल नियमन गर्न तयारी गरिरहेको छ। अहिले टिकटक मात्र नेपालमा कानुनी रूपमा दर्ता भइसकेको छ।

गुरुङले साइबर सुरक्षा ऐन संसदमा ल्याउने तयारीसमेत भइरहेको जानकारी दिए।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ९ : १० बजे