काठमाडौं । जयमहाकाल युवा समुहले चौथो ह्विलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरेको छ ।
शुक्रबार बैशाख १२ गते भूकम्प दिवसको अवसरमा २०७२ सालको भूकम्पमा परेर अपाङ् भएकाहरुको चौथो ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरेको जयमहाकाल युवा समुहका केन्द्रीय सुरक्षा प्रमुख बाबा पराजुलीले जानकारी दिएका छन् ।
उनले भने, ‘जयमहाकाल युवा समुहद्वारा २०७२ सालको भूकम्पमा परेर अपाङ् भएका छन्, उहाँहरुका लागि चौथो ह्विलचियर बास्केटबलकोे आयोजना गरिएको हो । भूकम्पमा परेर अंगभंग भएकाहरुलाई कसैले वास्ता नगरेको भएर युवा समुहले कार्यक्रमको आयोजना गरेको हो ।’
उनले भूकम्पमा परेर आफ्नो अंग गुमाउनु भएकाहरुलाई जीवनयापन गर्न हौसला दिनको लागि पनि प्रतियोगिताको आयोजना गरेको बताए ।
अहिलेलाई केही जिल्लाका मात्र छन् भने आउँदो समयमा ७७ वटै जिल्लाका मानिसलाई सहभागी गराएर प्रतियोगिता गर्ने पनि उनको भनाइ छ ।





 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया