Logo

मुख्य समाचार

आरोप–प्रत्यारोप एवम अहंकारको प्रदर्शन रोक्न माग


१२ बैशाख २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राष्ट्रिय समस्या पहिचान र समाधानमा संसदमा रहेका दलबीच खुला ह्दयका साथ छलफल गर्ने वातावरण निर्माणमा सबै पार्टीको शीर्ष नेतृत्व र सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आरोप र प्रत्यारोपको अन्त्यहिन दोहोरी, गणितिय शक्तिको बलमा उत्पन्न हुने अहंकारको प्रदर्शनलाई न्यूनिकरण गर्दै जनताको समस्या सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘यो बाहेक आरोप र प्रत्यारोपको अन्त्यहिन दोहोरी, गणितिय शक्तिको बलमा उत्पन्न हुने अहंकारको प्रदर्शन र विपक्षी भएका कारण जायज पक्ष र आवाज समेत नसुन्ने प्रवृत्ति न्यूनिकरण गर्दै राष्ट्रिय समस्या पहिचान र समाधान तथा नागरिकका आकांक्षा सम्बोधनमा संसदमा रहेका दलबीच खुला ह्दयका साथ छलफल गर्ने वातावरण निर्माणमा सबै पार्टीको शिर्ष नेतृत्व र सरकारको ध्यानाकर्षण गराउँदछु ।’

बजेटमा सिमित आर्थिक स्रोतको जोहो पनि गर्ने तर कार्यान्वयन पटकै नहुने प्रवृत्तिको निरन्तरतामा क्रमभंगता चाहिएको पनि उनको भनाई छ । 

उनले भने, ‘नीति तथा कार्यक्रम जनताको आकांक्षा र विकासको दृष्टिकोणबाट आउनुपर्छ न की सत्तारुढ दलको एकलौटी स्वार्थमा नीति तथा कार्यक्रमको बहानामा उडन्ते सपनाको बिस्कुन लगाउने बजेटमा सिमित आर्थिक स्रोतको जोहो पनि गर्ने तर कार्यान्वयन पटकै नहुने प्रवृत्तिको निरन्तरतामा क्रमभंगता चाहिएको छ ।’

यस्तै, उनले विद्यालय शिक्षा र निजामति कर्मचारी ऐन तत्काल बनाउनुपर्ने दबावलाई सचेतपूर्वक स्वीकार गर्दै तिब्र गतिमा काम अगाडि बढाउन पनि सदनलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : ५४ बजे