काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा सहभागी भई शुक्रबार स्वदेश फर्किएकी छन् ।
उनी थाइल्याडबाट स्वदेश फिर्ता भएकी हुन् । मन्त्री राणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा पनि स्वदेश फर्किएका छन् ।
बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना भएको कार्यक्रमका सहभागि भई मन्त्री राणा फर्किएकी हुन् ।
मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी थिए ।
सभापति देउवा पनि उपचारका लागि थाइल्याड गएका थिए ।
प्रतिक्रिया