Logo

धर्म / संस्कृति

आजको राशिफल


१२ बैशाख २०८२, शुक्रबार  

69
Shares

मेष राशि
आम्दानीका स्रोत बढ्नुका साथै प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। सोखले मालमत्ता जोड्न प्रेरणा प्रदान गर्नेछ। सप्ताहान्तमा भने खर्चिलो काम गर्नुपर्ने हुन सक्छ। लामो यात्रा सम्भावना छ।

वृष राशि
नोकरी र राजनीतिमा अवसर खोज्ने समय छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह गर्न सकिनेछ। दिगो काम सुरु गर्ने समय छ। आँटले काम बनाउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ।

मिथुन राशि
सहयोगीहरू पछि हट्नाले योजनाअनुसार काम गर्न नसकिएला। बुधवारदेखि स्थितिमा सुधार आउनेछ भने पहिलेका समस्या पनि समाधान हुनेछन्। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले लक्ष्य प्राप्ति हुने बलियो सम्भावना छ।

कर्कट राशि
स्रोत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा भने विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूले काममा बाधा पुर्याउलान्। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्।

सिंह राशि
व्यवहारले अरूलाई आकर्षित गर्न सकिनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। तर, ईर्ष्या गर्नेहरूले भने दुःख दिनेछन्। सप्ताहान्तमा भने आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ।

कन्या राशि
उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो काम थाल्नाले व्यवसायमा प्रगति हुनेछ। प्रियजनसँगको भेटघाटले मन उत्साहित हुनेछ।

तुला राशि
केही प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। नयाँ ठाउँको यात्रा सम्भावना छ।

वृश्चिक राशि
आफन्तका कारण काम रोकिन सक्छ। विश्वासपात्रबाटै धोका हुने सम्भावना रहेकाले सगज रहनुहोला। साताको अन्त्यसम्मै केही उल्झन आइरहने देखिन्छ।

धनु राशि
आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। सप्ताहान्तमा गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ।

मकर राशि
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजना कार्यान्वयन हुनेछ।

कुम्भ राशि
प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। आफन्तको सहयोग जुट्नेछ। विवादमा परिने सम्भावना छ।

मीन राशि
पछिसम्म फाइदा हुने काम सुरु गर्ने समय छ । समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ । आफन्तको सहयोग जुट्नाले पेसातर्फ फाइदा हुनेछ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ५ : ४० बजे