सगरमाथा क्षेत्र प्रवेश गर्ने प्रमुख नाका मानिने तेन्जिङ-हिलारी विमानस्थल (लुक्ला विमानस्थल) विश्वकै एक चुनौतीपूर्ण विमानस्थलकाे रूपमा चिनिन्छ। यो विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलका रूपमा विश्वभर परिचित छ । सगरमाथा आरोहण तथा खुम्बुक्षेत्रको भ्रमणको सपना देख्ने व्यक्तिको मानसपटलमा आउने पहिलो ठाउँको नाम हो लुक्ला । नेपालको प्रदेश १ को उत्तरी भागमा अवस्थित दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको तेन्जिङ–हिलारी विमानस्थल लुक्ला विश्वका सुन्दर विमानस्थलमध्येमा पर्छ ।












प्रतिक्रिया