Logo

कर्पोरेट

एनएमबि बैंकमा नेतृत्व परिवर्तन: गोबिन्द घिमिरे सीईओ, सुदेश उपाध्याय वरिष्ठ नायब सीईओ नियुक्त



काठमाडौं । एनएमबि बैंकमा नेतृत्व परिवर्तन भएको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रहेका गोबिन्द घिमिरेले आजदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका छन्। बैंक सञ्चालक समितिले फागुनमा निर्णय गर्दै घिमिरेलाई १० वैशाख २०८२ देखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको हो।

पूर्व सीईओ सुनिल केसीको दोस्रो कार्यकाल फागुन मसान्तमा समाप्त भएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार ८ वर्ष र २ कार्यकालको सीमा पुगेपछि केसीको कार्यकाल अन्त्य भएको हो। तथापि, बैंकले ४० दिनको लागि ९ वैशाखसम्म उनलाई कार्यवाहक सीईओको रूपमा जिम्मेवारी दिएको थियो।

सीईओ पदमा घिमिरेको नियुक्तिसँगै, बैंकले अर्को नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा बढुवा गरेको छ।

नयाँ नेतृत्वले बैंकको रणनीतिक योजना र ग्राहक सेवा अभिवृद्धिमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १२ : १२ बजे