काठमाडौं । प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरु सिंहदरबार केन्द्रित भएका छन् ।
केही नेता तथा कार्यकर्ताहरुले सडकमै प्रदर्शन गरेपनि राप्रपा सबद्ध सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शन गर्नेगरी तयारी रहेको राप्रपा सचिवालयले जनाएको छ ।
‘सबै मान्यज्यूहरु सिंहदरबारमा रहेको संसदीय कार्यालयमै भेला हुनुहुँदैछ । उहाँहरुले सिंहदरबारमै प्रदर्शन गर्ने कार्य तालिका छ,’ सचिवालयका एक सदस्यले भने ।
अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरु सिंहदरबारमा भेला भइरहेका छन् । वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका हुन् ।
प्रतिक्रिया