काठमाडौं । महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न १ लाख रुपैयाँ विनियोजन गरेको छ । महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार कुहिने र नकुहिने फोहोर वर्गीकरण कार्यक्रम सञ्चालन गर्न खर्च प्रत्येक वडालाई १ लाखका दरले बजेट विनियोजन भएको हो ।
‘काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कुहिने र नकुहिने फोहर वर्गीकरण कार्यक्रम सञ्चालन गर्नका लागि प्रत्येक वडामा १ लाख पठाइएकाले उक्त रकम र तपसिल उल्लेखित शीर्षकमा त्यस वडाको आवश्यकता अनुसार कार्यक्रम निर्माण गरी खर्च गर्नू’ महानगरले वडालाई पठाएको पत्रमा छ ।

प्रतिक्रिया