Logo

प्रविधि

एप्पल हेल्थ एपमा एआई डाक्टरको सुविधा, सेप्टेम्बरसम्म रोल आउट हुने



टेक कम्पनी एप्पलले चाँडै आईफोनको हेल्थ एपमा एआई डाक्टरको विकल्प ल्याउने तयारी गरेको छ। यो सुविधा अन्तर्गत प्रयोगकर्ताहरूलाई २४ घण्टा व्यक्तिगत स्वास्थ्यसम्बन्धी सुझाव दिइनेछ। एप्पल वाच, बड्स र अन्य उपकरणबाट प्राप्त डाटाको आधारमा आहार, व्यायाम र निद्रासम्बन्धी सल्लाह दिइनेछ।

यो सुविधा ‘मलबेरी’ परियोजना अन्तर्गत विकास भइरहेको छ र हाल प्रशिक्षण चरणमा रहेको छ। सेप्टेम्बरसम्ममा आईफोन १७ मा स्थिर सफ्टवेयर अपडेटसहित उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रयोगकर्ताले होस्ट जस्तो देखिने एआई मोडेलसँग स्वास्थ्यसम्बन्धी प्रश्न गर्न सक्नेछन्। यसका लागि कम्पनीले एक महान डाक्टर व्यक्तित्व खोजिरहेको छ। परियोजना डा. सुम्बुल देसाई र सीओओ जेफ विलियम्सको नेतृत्वमा रहेको छ, जसको लागि क्यालिफोर्नियाको ओकल्याण्डमा नयाँ केन्द्र स्थापना गरिएको छ। एप्पलले जुन २०२५ को WWDC कार्यक्रममा नयाँ फिचर सार्वजनिक गर्नेछ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : २९ बजे