Logo

समाचार

 एन पी साउदले भने : कृषि र जलस्रोत पछि पर्यटन नेपालको तेस्रो आयस्रोत हो



काठमाडौं । नेपाली कांग्रेसका नेता एन.पी. साउदले कृषि र जलस्रोत पछि पर्यटन नेपालको मुख्य आयस्रोत भएको बताए ।

शनिवार काठमाडौंमा आयोजित पर्यटन साहित्य महोत्सव २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा धार्मिक पर्यटनको सम्भावना धेरै रहेकोले त्यसमा काम गर्नुपर्ने बताएका हुन् ।    

उनले भने,‘नेपालमा आयस्रोत भएका तीन ओटा क्षेत्र छन् । पहिलो क्षेत्र कृषि नै हो जहाँ ७० प्रतिशत मानिसहरु काम गरिरहेका छन् । कृषिमा ज्यादा लगानी गर्न सके आम नेपालीसम्म सम्पन्नता, खुसी पुग्छ । दोस्रो जलस्रोत हो । बिजुलीको माग धेरै छ । तेस्रो महत्वपुर्ण स्रोत पर्यटन हो । नेपाल जस्तो सुन्दर ठाउँ संसारमा भेटिन गाह्रो छ । भुगोलमा हाम्रो जस्तो विविधता भएको ठाउँ कतै छैन । हाम्रो पर्यटन क्षेत्रको सम्भावनाको लागि हाम्रो धार्मिक पर्यटनबाट पनि ठुलो फाइदा लिन सकिन्छ ।’ उनले नेपालमा केही भएको छैन भन्न नहुने भन्दै अहिले हरेक ठाउँमा विकासको काम भईरहेको बताए । 

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ८ : ३५ बजे