काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव सहितको टोलीले आज मन्त्रालय मातहतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेका छन् ।
पछिल्लो सयम कर्मचारीहरू कार्यालयहरुमा उनुपस्थित रहने गरेको गुनासोपछि मन्त्री यादव, सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी सहितको टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी हाजिर रहेको भेटिएको तथा मेलम्ची खानेपानी विकास समितिमा १६ जना गैर हाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो । उनले भने, ‘मन्त्रीज्यूले गरेको आकस्मिक छड्के जाँचका क्रममा मेलम्ची खानेपानी विकास समितिमा १६ जना कर्मचारी गैर हाजिर भएको भेटिएको छ ।’
छड्के अनुगमन पश्चात कर्मचारीको समय पालना र नियमितताको व्यवस्था मिलाउने, बिद्युतिय हाजिर प्रणाली नभएकाले वैशाख २ गतेबाट मेलम्ची विकास समितिमा बिद्युतिय हाजिर प्रणाली अनिवाय गर्ने तथा कार्यालय समय भित्र कार्यालयको काममा जानु पर्ने भएमा लकबुक राख्न निर्देशन दिईएको सहसचिव पुरीले बताए ।
मन्त्री यादवले छड्के जाँचका क्रममा हाजिरी अवस्थामा भेटिएका विभाग एवं मेलम्चीका कर्मचारीहरूलाई कामका क्रममा हुने समस्याका विषयमा जानकारी समेत लिएका थिए ।
प्रतिक्रिया