Logo

कर्पोरेट

रिलायन्स फाइनान्सले लगानीकर्तालाई फेरि निराश बनायो, लगातार दोस्रो वर्ष लाभांश नदिने निर्णय



काठमाडौं । रिलायन्स फाइनान्सले लगानीकर्तालाई लगातार दोस्रो वर्ष लाभांश वितरण नगरी निराश बनाएको छ। आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुनै पनि प्रकारको लाभांश नदिने निर्णय कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गरेको हो।

कम्पनीले सो निर्णयपछि आर्थिक विवरण नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने तयारी गरिरहेको जनाएको छ। यसअघि पनि रिलायन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिएको थियो।

रिलायन्स फाइनान्सले अन्तिमपटक आर्थिक वर्ष २०७८/७९ मा ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यसयता लगानीकर्ताहरू लाभांशको पर्खाइमा छन्, तर कम्पनीको पछिल्लो निर्णयले उनीहरूको आशामा पुनः कुठाराघात गरेको छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ११ : ४७ बजे