Logo

Breaking News 1

हालसम्मकै उच्चबिन्दुमा सुनको भाउ, कतिमा हुँदै छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ११ : ०० बजे