Logo

Breaking News 1

आईपीएल : हैदराबादकाे पञ्जाबविरुद्ध आठ विकेटको जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सविरुद्ध आठ विकेटको जित निकालेको छ । प्रतियोगितामा हैदराबादको यो दोस्रो जित हो ।

शनिबार (अप्रिल १२) हैदराबादमा पञ्जाबले प्रस्तुत गरेको २४६ रनको लक्ष्य हैदराबादले नौ बल बाँकी छँदै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

हैदराबादको जितमा अभिषेकले शतक बनाए । उनले ५५ बलमा १४१ रन बनाउँदा १४ चौका र १० छक्का प्रहार गरे । ट्राभिस हेडले ३७ बलमा ६६ रन जोडे ।

पञ्जाबका अर्शदीप सिंह र युजवेन्द्र चहलले समान एक विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४५ रन बनाएको थियो ।

पञ्जाबका कप्तान श्रेयस ऐयरले ८२ रन बनाए । वसिमरान सिंहले ४२ रनको योगदान गरे । प्रियांन्स आर्याले ३६, मार्कुस स्टोइनिसले ३४ र नेहल वाधेराले २७ रन थपे ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  १० : १२ बजे