Logo

Breaking News 1

यू–१९ विश्वकप एसिया छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । आइतबारदेखि आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट हुँदै छ । आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ सञ्चालन हुनेछन् ।

नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् ।

यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपिनप्रसाद शर्मा टोलीमा अटाएका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ४३ बजे