आज मिति २०८१ चैत ३१ गते, आइतवार, १३ अप्रिल २०२५। वैशाख कृष्णपक्ष प्रतिपदा तिथि। चित्रा नक्षत्र, २०ः१४ बजेपछि स्वाती। चन्द्रराशि कन्या, ६ः५७ बजेपछि तुला।
मेष राशि
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ।
बृष राशि
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। तर छिद्र खोतल्नेहरू प्रशस्तै हुनेछन्।
मिथुन राशि
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
कर्कट राशि
अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। हडबडीले काम बिग्रन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।
सिंह राशि
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कन्या राशि
शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ।
तुला राशि
विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ।
बृश्चिक राशि
खर्चिलो समय रहेकाले रकम जोगाउन प्रयास गर्नुहोला। आर्थिक प्रलोभन देखाउनेहरूबाट पनि सजग रहनुहोला। दिगो योजनाका लागि काम थाल्ने समय छ।
धनु राशि
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
मकर राशि
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने समय छ। भाग्यले कीर्तिमानी काम गर्ने अवसर दिलाउन सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
कुम्भ राशि
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्।
मीन राशि
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला।
प्रतिक्रिया