Logo

कला/साहित्य

युवा संघको साहित्य सम्मेलन : गजलतर्फ दिपिन सिजापति र कविता विधातर्फ जीवन आरोहीले जिते प्रथम पुरस्कार


२९ चैत्र २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । एमाले निकट अनेरास्ववियुको राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ आज समापन भएको छ ।

२०८१ चैत्र २५ गतेबाट सुरु भएको साहित्य महोत्सव आज समापन भएको हो । साहित्य महोत्सव अन्तरगत आज कविता र गजल प्रतियोगिता भएको थियो ।

जस अन्तरगत गजल विधामा प्रथम दिपिन सिजापति भएका छन् । प्रथम स्थान हासिल गरेका सिजापति  नगद  पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्न  सफल भएका छन् । यसैगरी गजल तर्फ नै दोस्रो स्थान हासिल गर्दै अंकित आचार्यले नगद ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै  तेस्रो स्थान हासिल गर्दै खिमा नन्द जोशीले २० हजार रुपैयाँ  पुरस्कार पाएका छन् ।

यसैगरी कविता प्रतियोगिता तर्फ जीवन आरोहीले पहिलो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार  प्राप्त गरेका छन् । दोस्रो स्थान हासिल गर्दै रबिना कँडेलले ३० हजार  नगद पुरस्कार  प्राप्त गरिन् भने तेस्रो स्थान हासिल गर्दै सन्तोष पौडेलले २० हजार  रुपैयाँ पुरस्कार  प्राप्त गर्न सफल भए  ।

उक्त  प्रतियोगितामा १००० जनाको  सहभागिता रहेको  थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ८ : १६ बजे