Logo

समाचार

सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले प्रदान गरे खुकुरी


२९ चैत्र २०८१, शुक्रबार  

115
Shares

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न किसिमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान एवम कवाज प्रदर्शन निरीक्षण गरेका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्व सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेको बताए ।

उनले राष्ट्रिय सुरक्षाका साथै विपद जोखिम न्यूनीकरण र शान्तिसेनाका माध्यमबाट सेनाले दिएको योगदानको सह्राहना समेत गरे ।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : २६ बजे