Logo

Breaking News 1

एकीकृत समाजवादी कोशीमा महिला नेतृत्व



इटहरी । कोशी प्रदेशकी पूर्व सांसद समेत रहेकी सरिता थापा नेकपा (एकीकृत समाजवादी) पार्टी कोशी प्रदेशको अध्यक्षमा चयन भएकी छिन् ।

पार्टीको प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टलगायतको दाबीका बिच खड्कालाई अध्यक्ष चयन गरिएको हो । केन्द्रीय सदस्य समेत रहेका एकीकृत समाजवादीका नेता ओसिम आलमले खड्का विजयी भएको उल्लेख गरे ।

नेतृत्व चयनका लागि बुधवार निर्वाचन हुने भनिएको थियो । तर, निर्वाचन प्रक्रिया रोकेर नेताहरूले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ९ : ०५ बजे