Logo

समाचार

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर



काठमाडौं । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रभुखुल स्टोर सहायक तह–५ (अस्थायी) पदमा कार्यरत प्रेम बहादुर रावलले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नियुक्ति लिएको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा बिहीबार आरोपपत्र दायर गरिएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, कर्मचारीले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गत फौजा अब हाई स्कूल एन्ड इन्टरमिडिएट एजुकेसन, यू.पी. बाट हाई स्कूल परीक्षा उत्तीर्ण गरेको भनिएको नक्कली प्रमाणपत्र पेश गरेका थिए। सोही नक्कली प्रमाणपत्रको आधारमा उनी जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा स्टोर सहायक तह–४ (अस्थायी) पदमा नियुक्ति भएका थिए।

पछिल्लो चरणमा उनी तह–५ (अस्थायी) मा बढुवा भई तलबसहितका सेवा–सुविधा लिँदै आएका थिए।

प्रवक्ता पौडेलका अनुसार, उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०७९ (अघिल्लो ऐन २०५९) को दफा १६(१) र सार्वजनिक पद प्राप्तिका लागि नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा ऐन २०१७ को दफा १२ र २९ अनुसार कसुर ठहर गरिएको हो। सोही आधारमा आयोगले कर्मचारीविरुद्ध कैद र जरिवाना मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जानकारी दिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ३ : ०३ बजे