काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आगामी वैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने जनाएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिक शेयर प्रस्ताव (आईपीओ) प्रस्तुत गर्ने योजना बनाएको हो।
कम्पनीका अनुसार, इलाम जिल्लाका स्थानीयलाई ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गर्ने छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र ११ गते आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो। यस अनुसार, सान्भि इनर्जीले सर्वसाधारण र आयोजनामा प्रभावित स्थानीयलाई ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्नेछ।
सान्भि इनर्जीले इलाम जिल्लामा स्थित ७.६ मेगावट क्षमताको जोगमाइ खोला आयोजनाबाट २०७४ वैशाख १८ गतेदेखि विद्युतको व्यापारिक उत्पादन शुरु गरेको छ। साथै, कम्पनीले इलाममै ५.२ मेगावट क्षमताको जोगमाई क्यासकेड आयोजना पनि निर्माण गरिरहेको छ।
प्रतिक्रिया